क्रिकेट विश्वकप लिग-२ : स्कटल्याण्ड र नामिबियाबीचको खेल जारी

काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गतको जारी त्रिकोणीय सिरिजमा अहिले स्कटल्याण्ड र नामिबियाबीचको खेल जारी छ ।

किर्तिपुरस्थित टीयु क्रिकेट मैदानमा जारी खेलमा स्कटल्याण्डले मध्यम सुरुआत गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्याण्डले १५ ओभरको समाप्तीमा २ विकेट गुमाएर ६० रन बनाएको छ ।

यस अघि सम्पन्न खेलमा नामिबियाले आफ्ना तिनै खेलमा हार बेहोरेको छ भने स्कटल्याण्डले एक जित र एक हर बेहोरेको छ । स्कटल्याण्डले यस अघि खेलेको खेलमा नामिबियालाई १० विकेटले हराएको थियो ।

यस सिरिजमा आयोजक रहेको नेपालले आफ्ना शुरुका तिनै खेलमा जित हासिल गरेर अपराजित गरेको छ । नेपालले अब सिरिजको अन्तिम खेलमा मंगलबार स्कटल्याण्डको सामना गर्ने छ ।

आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत स्कटल्याण्ड ३४ खेलमा ४८ अंकसहित शिर्ष स्थानमा रहेको छ र २०२३ को विश्वकप क्वालिफायरका लागि छनौट भइसेकोको छ । त्यस्तै नामिबिया ३३ खेलमा ३७ अंकसहित तेस्रो स्थानमा रहेको छ ।

त्यस्तै नेपाल अहिले २७ खेल खेल्दै २४ अंकसहित छैटौं स्थानमा रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 13 =