लुम्बिनी प्रदेश सरकारमा जसपा थपियो, एमालेका मन्त्री शर्मा बिनाविभागीय

लुम्बिनी प्रदेश सरकारमा जनता समाजवादी पार्टी पनि सहभागी भएको छ। मुख्यमन्त्री लिला गिरिको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले जसपाका भण्डारीलाल अहिरलाई मन्त्री नियुक्त गरेका छन्।

प्रदेश सभा बाँके २ (क) का सांसद अहिरलाई कृषि तथा भूमि व्यवस्था मन्त्रीमा नियुक्त गरेका छन्। यसअघि कृषिमन्त्री रहेका एमालेका तुल्सीराम शर्मालाई बिनाविभागीय मन्त्री बनाइएको छ।

शर्मालाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय हेर्ने गरी जिम्मेवारी तोकिएको प्रदेश प्रमुखको कार्यालयद्वारा जारी सूचनामा उल्लेख छ।

नवनियुक्त मन्त्री अहिरले सोमबार विहान ११ बजे सपथग्रहण गर्ने कार्यक्रम रहेको छ।
जसपाका मन्त्री थपिएसँगै लुम्बिनीको मन्त्रिपरिषद ११ सदस्यीय भएको छ।

माओवादी केन्द्रबाट मन्त्री बनेकी कृष्णा केसीले पदवहाली अस्वीकार गरेपछि आन्तरिक मामिला, कानुन तथा सहकारीमन्त्रालयको जिम्मेवारी चेतनारायण आचार्यलाई तोकेका छन्। आचार्य अहिले खानेपानी, ग्रामीण तथा सहकारीमन्त्री रहेका छन्।

मुख्यमन्त्री गिरीसँगै पुस २८ मा बिनाविभागीय मन्त्रीको शपथ लिएकी केसीलाई एक महिनापछि आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयको जिम्मेवारी तोकिएको थियो।
तर उनले राजीनामा दिएकी थिइन्। उनको राजीनामा स्वीकृत भएको छैन।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *