कर्णाली उत्सवको मुख्यमन्त्री शर्माले गरे उद्घाटन
२०७९ फागुन ५ गते

सुर्खेत । कर्णाली उत्सव, कुडा कर्नालीकाको चौथो संस्करणको कर्णालीका मुख्यमन्त्री राज कुमार शर्माले उद्घाटन गरेका छन् । शुक्रबार सुर्खेतको बुलबुलेमा सुरु भएको कर्णाली उत्सवको मुख्यमन्त्री शर्माले उद्घाटन गरेका हुन् ।
फागुन ७ गतेसम्म सञ्चालन हुने विचारको उत्सव कर्णाली उत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री शर्माले समस्याको व्याख्या गर्नेहरूको कमी नभएकोले अब समस्याको व्याख्या गर्ने मात्र नभई समस्याको समाधान कसरी गर्ने गर्ने भन्नेबारे बहस निरन्तर गर्न जरुरी भएको बताए ।
कर्णाली उत्सवमा हुने बहसले समृद्ध कर्णाली निर्माणमा महत्वपूर्ण सहयोग पुर्याउने बताउँदै मुख्यमन्त्री शर्माले भने, ‘जनताले नीति निर्माण र कार्यान्वयनमा अपनत्वलाई अगाडी बढाउन जरुरी छ ।’
२०७९ फागुन ५ गते
प्रतिक्रिया
सम्बन्धित








