सन्दीपले लिए तेस्रो विकेट, नेपाललाई छैटौँ सफलता

काठमाडौँ । स्कटल्याण्डविरुद्ध नेपालले छैटौँ विकेट लिएको छ । नेपालका लागि सन्दीप लामिछानेले २५औँ ओभरमा स्कटल्याण्डको छैटौँ विकेट लिएका हुन् ।

सन्दीपले यस खेलमा लिएको यो तेस्रो विकेट हो । सन्दीपले २२ रन बनाएर खेलिरहेका स्कटल्याण्डका ब्राण्डन म्याकमुलेनलाई आउट गरेका हुन् । यस अघि कुशल मल्लले २ र कुशल भुर्तेलले एक विकेट लिएका थिए ।

टस हारेर पहिला ब्याटिङ गरिरहेको स्कटल्याण्डले यो समाचार तयार गरुन्जेल २५ ओभरमा ६ विकेट गुमाउँदै ११३ रन बनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 1 =