नेपाललाई चौथो सफलता, कुशल र सन्दीपले लिए २-२ विकेट

काठमाडौँ । स्कटल्यान्डविरुद्ध नेपालले चौथो विकेट लिएको छ । नेपालका लागि सन्दीप लामिछानेले १६औँ ओभरमा स्कटल्याण्डको चौथो विकेट लिएका हुन् ।

यस अघि कुशल मल्लले नेपालका लागि दुई विकेट लिएका थिए । स्कटल्याण्डका क्रिस्टोफर म्याकब्रिज २२ रन र रिचे बेरिंगटन १९ रन बनाएर खेलिरहेका बेला कुशल मल्लले आउट गरेका थिए ।

त्यस्तै सन्दीपले २ रन बनाएर खेलिरहेका म्याथ्युज क्रस र १९ रन बनाएर खेलिरहेका टोमस म्याकिनतोशलाई आउट गरेका छन् । टस हारेर पहिला ब्याटिंग गरिरहेको स्कटल्याण्डले यो समाचार तयार गरुन्जेल १६.१ ओभरमा ४ विकेट गुमाउँदै ६३ रन बनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 4 =