आजबाट ‘कर्णाली उत्सव’, मुख्यमन्त्रीले उद्घाटन गर्ने

सुर्खेत । ‘कर्णाली उत्सव, कुडा कर्नालीका’ चौथो संस्करण आजबाट वीरेन्द्रनगर सुर्खेतमा सुरु हुने भएको छ । तीन दिन सञ्चालन हुने यो उत्सवलाई विचारको उत्सवका रूपमा लिइन्छ ।

कर्णालीको आर्थिक, सामाजिक तथा आर्थिक रूपान्तरणका लागि गन्थन, मन्थन र चिन्तन गर्दै कर्णालीको समग्र विकास र समृद्धिका लागि बृहत् छलफल हुने कर्णाली उत्सवमा कर्णालीका विभिन्न विषयवस्तुमा विषयविज्ञ, जिम्मेवार व्यक्तित्व, जनप्रतिनिधिहरूसँग खुल्ला छलफल, विभिन्न सफलताका कथा (पैकला), संस्कृति झल्काउने कार्यक्रमहरू, कर्णालीका पहिचान लगायतका विषयमा छलफल र प्रदर्शनी हुने कर्णाली उत्सवले जनाएको छ ।

कर्णाली उत्सव सञ्चालन गर्दै आएको ऋति फाउन्डेसन कर्णाली उत्सव फागुन ५/७ गतेसम्म वीरेन्द्रनगरको बुलबुलेमा सञ्चालन हुने जनाएको छ । कर्णाली उत्सवको चौथो संस्करणमा १६ वटा सेसन रहने कर्णाली उत्सवका संयोजक कमल लम्सालले जानकारी दिए । कर्णाली उत्सवले विचार जन्माउने र कर्णालीका बारेमा खुल्ला छलफल हुने पनि उनले बताए । यो उत्सवका सेसनहरूमा ६० प्रतिशत वक्ताहरू कर्णालीका रहने पनि उनको भनाई छ ।

कर्णाली उत्सवलाई सञ्चालन गर्न ५०/६० लाख खर्च लाग्ने आयोजकले जनाएको छ । आज बिहान साइकल र्‍याली हुने र ११ बजे मुख्यमन्त्रीले उद्घाटन गर्ने कर्णाली उत्सवमा शुक्रबार विभिन्न विषयवस्तुमा ५ सत्र रहनेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *