कर्णाली उत्सवको चौथो संस्करण भोलिबाट सुर्खेतमा हुँदै

सुर्खेत । कर्णाली उत्सव, ‘कुडा कर्नालीका’ चौथो संस्करण भोलिबाट वीरेन्द्रनगर सुर्खेतमा सुरु हुने भएको छ । तीन दिन संचालन हुने यो उत्सवलाई विचारको उत्सवका रुपमा लिइन्छ ।

कर्णाली उत्सवमा कर्णालीका विभिन्न विषयवस्तुमा विषयविज्ञ, जिम्मेवार व्यक्तित्व, जनप्रतिनिधिहरु संग खुल्ला छलफल, विभिन्न सफलताका कथा पैकला, संस्कृती झल्काउने कार्यक्रमहरु, कर्णालीका पहिचान लगायतका विषयमा छलफल र प्रदर्शनी हुने कर्णाली उत्सवले जनाएको छ ।

कर्णाली उत्सव संचालन गर्दै आएको ऋति फाउन्डेसन बिहिबार पत्रकार सम्मेलन गर्दै कर्णाली उत्सव फागुन ५–७ गतेसम्म वीरेन्द्रनगरको वुलवुलेमा संचालन हुने जनाएको छ । कर्णाली उत्सवको चौथो संस्करणमा १६ वटा सेसन रहने कर्णाली उत्सवका संयोजक कमल लम्सालले जानकारी दिए । कर्णाली उत्सवले विचार जन्माउने खुल्ला रुपमा कर्णालीका बारेमा छलफल हुने पनि उनले बताए । यो उत्सवका सेसनहरुमा ६० प्रतिशत वक्ताहरु कर्णालीको रहने पनि उनले बताए ।

कर्णाली उत्सवलाई संचालन गर्न ५०–६० लाख खर्च लाग्ने आयोजकले जनाएको छ । भोलि विहान साइकल र्याली हुने र ११ बजे मुख्यमन्त्रीले उद्धाटन गर्ने कर्णाली उत्सवमा विभिन्न विषयबस्तुमा ५ सत्र रहनेछन । यस्तै दोस्रो दिन ६ र तेस्रो दिन ५ सत्र रहने र प्रत्येक साँझ सांगितीक, कविता र गजल सन्ध्या रहने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *