एनआईबीएल एस क्यापिटलद्वारा लगानी व्यवस्थापन तथा म्युचुअल फण्डबारे सचेतना प्रदान

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकद्वारा सञ्चालित एनआईबीएल एस क्यापिटल लिमिटेडले डियरवाक ग्रुपअन्तर्गत डियरवाक कम्पवेयर लिमिटेड र सिफल स्कुल लिमिटेडमा कार्यरत विभिन्न तहका कर्मचारीलाई लगानी व्यवस्थापन तथा म्युचुअल फण्डसम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरेको छ ।

कार्यक्रममा सहभागीलाई नेपालको धितोपत्र बजार, खुलामुखी तथा बन्दमुखी म्युचुअल फण्ड, खुलामुखी योजनाअन्र्तगत व्यवस्थित लगानी योजना (एसआईपी)लगायतका विषयमा सम्पूर्ण जानकारी गराइएको थियो ।

कार्यक्रममा क्यापिटलले हाल प्रदान गरीरहेको लगानी व्यवस्थापन सेवा, संस्थागत परामर्श सेवा आदिबारे बजारका विभिन्न लगानी उपकरणबारे संक्षिप्त छलफल भएको थियो । कार्यक्रममा सहभागीहरुका विभिन्न जिज्ञासाको सम्बोधन गरिएको थियो ।

यस्ता कार्यक्रमले लगानीकर्तामा लगानीसम्बन्धी निरन्तर सचेतना अभिवृद्धि भएर जाने विश्वास एनआईबीएल एस क्यापिटल लिमिटेडले लिएको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *