दरबारमार्गस्थित केड कम्पनीमा डिजिटल भुक्तानी गर्दा एनआईसी एशिया बैंकका ग्राहकलाई छुट

काठमाडौँ । एनआईसी एशिया बैंकका ग्राहकले काठमाडौँको दरबारमार्गस्थित दरबार मलमा रहेको केड कम्पनी प्रालिमा किनमेल गरी डिजिटल भुक्तानी गर्दा २० प्रतिशत छुट पाउने भएका छन् । उक्त छुटसम्बन्धी समझदारीपत्रमा बैंकका तर्फबाट लाइफ स्टाइल बैंकिङ्ग युनिभर्स प्रमुख श्यामप्रसाद लामिछाने र केड कम्पनी प्रालिका प्रबन्ध निर्देशक डिप्रिना शाक्यले हस्ताक्षर गरेकाका छन् ।

समझदारी अनुसार यस बैंकमा खाता खोलेर मोबाइल बैंकिङ्ग एप, डेबिट कार्ड, क्रेडिट कार्ड वा प्लाटिनम कार्ड प्रयोग गरिरहेका ग्राहकले उक्त केड कम्पनीमा किनमेल गरी डिजिटल भुक्तानी गर्दा २० प्रतिशत छुट पाउने र बैंकका कर्मचारीले २५ प्रतिशत छुट पाउने भएका छन् ।

एन आई सी एशिया बैंक मुलुकमा सबैभन्दा धेरै बंैकिङ्ग सञ्जालहरू भएका बैंकहरू मध्येको बैंक हो । यस बैंकले मुलुकभर ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०६ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *