सिञ्जाकी कार्मा रोकाया मृत फेला

सुर्खेत । जुम्लामा मृत अवस्थामा शव फेला परेको छ ।

सिञ्जा गाउँपालिका-५ सनिगाउँ बस्ने वर्ष अन्दाजी ८० वर्षीया कार्मा रोकाया घरबाट अन्दाजी ५० मिटर टाढा आफ्नै बारीमा मृत अवस्थामा फेला परेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका जनाएको छ ।

स्थानीयहरूले प्रहरीलाई लडेको भन्ने खबर गरेपछि प्रहरी चौकी नराकोटबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा ३ जना र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको कमाण्डमा ५ जनाको टोली खटिएर अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *