पानी नपरेपछि फेवातालको पानी १ मिटर घट्यो

पोखरा । लामो समय वर्षा नभएका कारण पोखरास्थित फेवातालको जल सतह साँघुरिएको छ । दसैँपछि पोखरामा पानी परेको छैन । पानी नपरेपछि तालको आकार १ मिटर घटेको जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय कास्कीका प्रमुख ई. किरण आचार्यले जानकारी दिए ।

तालको ५ अर्ब लिटर पानी घटेको उनको भनाई छ । ‘१ मिटर घट्नु भएको ५ अर्ब लिटर पानी नहुनु हो,’ उनले भने, ‘तालको जल सतह घटेपछि धेरै ठाउँमा तालको किनार बगर बनेको छ ।’ गत वर्ष तालको ड्याम मर्मत गर्दा पनि २ मिटर पानी घटाइएको थियो ।

तालमा अहिले हर्पन खोलाबाट पानी आइरहेको छ । सेती जल विद्युत् आयोजनाका लागि तालबाट अहिले २ हजार लिटर प्रतिसेकेण्ड पानी लगिएको छ । घटेको सतह एक दिन राम्रोसँग वर्षा भए पूरानै अवस्थामा फर्किने उनको भनाई छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *