एमालेलाई राष्ट्रपति दिए बर्वाद हुन्छ : माधव नेपाल
२०७९ फागुन ३ गते

पोखरा । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले एमालेलाई राष्ट्रपति पद एमालेलाई दिए बर्वाद हुने बताएका छन् ।
पोखरामा पत्रकारहरूसँग कुरा गर्दै उनले एउटै पार्टीको स्वेच्छाचारिता रोक्न पनि एमालेलाई राष्ट्रपति दिन नहुने बताए । ‘सभामुख एमालेको छ, राष्ट्रिय सभा अध्यक्ष एमालेको छ । राष्ट्रपति पनि दिने हो भने त बर्वाद भइहाल्छ नि,’ उनले भने ।
उनले आफ्नो पारेटीले राष्ट्रपतिमा उम्मेदवारी नदिने बताए । ‘कोही हारेपनि जितेपनि उम्मेदवारी दिन्छन् । हामी यसपालि जितेपनि उम्मेदवारी दिँदैनौँ,’ अघि भने, ‘अरुले दिएको उपयुक्त पात्र हेर्छौँ । सहमतिको आधारमा पात्र छनोट हुन्छन् ।’
नेपालले देशको राजनीति तरल भएको भन्दै कल्पना गरेभन्दा फरक हिसावले राजनीति चलेको बताए ।
२०७९ फागुन ३ गते
प्रतिक्रिया
सम्बन्धित








