बिहीबार गण्डकी सरकारको स्थापना दिवस, सार्वजनिक बिदा दिने निर्णय

पोखरा । गण्डकी सरकारले आफ्नो स्थापना दिवसमा प्रदेशभरि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । २०७४ फागुन ४ गते गण्डकीको पहिलो सरकार गठन भएको थियो । सोही दिनलाई सरकार स्थापना दिवसको रूपमा मनाइँदै आइएको छ ।

स्थापना दिवसको प्रमुख अतिथिका रूपमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई निमन्त्रणा गरिएको छ । मुख्यमन्त्री खगराज अधिकारी अन्य अतिथिलाई समेत निम्तो दिन काठमाडौँ पुगेका छन् ।

पोखरा सभागृहमा विशेष कार्यक्रम गरेर दिवस मनाउने तयारी छ । स्थापना दिवसका दिन प्रदेश अन्तर्गतका सबै कार्यालयहरू बन्द रहने छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 8 =