जनयुद्ध दिवसको विरोध गरेको भन्दै गोरखामा क्याम्पस प्रमुखमाथि विद्यार्थीले गरे दुर्व्यवहार

पोखरा । जनयुद्ध दिवसको विरोधमा फेसबुक स्टाटस लेखेको भन्दै गोरखाको लक्ष्मी बजार स्थित द्रब्यशाह बहुमुखी क्याम्पसका प्रमुखमाथि विद्यार्थीले दुर्व्यवहार गरेका छन् । क्याम्पस प्रमुख रामचन्द्र दुवाडीले फेसबुक वालमा जनयुद्ध दिवसको विरोधमा स्टाटस लेखेको आरोप उनीहरूको छ ।

सोही स्टाटसको विरोध गर्दै आइतबार नै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)का अध्यक्ष अनीश अर्यालले १२ घण्टाभित्र सार्वजनिक रूपमा माथि माग्न चेतावनी दिएका थिए । अखिल क्रान्तिकारीका विद्यार्थी टोलीले दुवाडीमाथी क्याम्पसमा दुर्व्यवहार गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 3 =