तनहुँमा छोरा-बुहारीले आमाको हत्या गरे, अनि गोठमा आगो लगाए

तनहुँको सेराटारमा आमाको हत्या गरेको आरोपमा छोरा र बुहारी पक्राउ परेका छन्। बन्दिपुर गाउँपालिका ३ सेराटारमा राजकुमार सार्की र सुशिला मजाकोटीले ८४ वर्षकी माया सार्कीको हत्या गरेको प्रहरीको दाबी छ।

प्हरीका अनुसार सोमबार बिहान हत्या गरेर उनीहरुले गाईगोठमा राखेर जलाएका थिए। गोठमा आगो लगाउँदा गाईको पनि मृत्यु भएको छ भने गोठ जलेर नष्ट भएको छ ।

प्रारम्भिक सोधपुछकै क्रममा उनीहरुले हत्या गरेको स्वीकार गरेका छन्।आमा जलेर मरेको जस्तो बनाउन उनीहरुले गोठमा आगो लगाएको खुलेको छ। थप अनुसन्धान गरिरहेको प्हरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *