पोखरा विमान दुर्घटनामा परेकी अनिषाको शव महिना दिनपछि पहिचान, दम्पतीको अन्त्येष्टि एकैदिन गरियो

पोखरा । यती एयरलाइन्सको जहाज माघ १ गते दुर्घटना हुँदा ज्यान गुमाएका पोखरा २५ हेमजाका दुईजनाको शव १ महिनापछि पहिचान भएको छ । राजन सापकोटा र अनिषा बानियाँ सापकोटाको शव डिएनए परीक्षणबाट पत्ता लागेको हो ।

उनीहरूको शव पोखरा ल्याएर अन्त्येष्टि गरिएको छ । राजनको शव माघ ८ गते काठमाडौँमा पोस्टमार्टम पहिचान भएको थियो । तर अनिषाको डिएनए गरेर मात्रै शव पहिचान भएको हो । डिएनए रिपोर्ट आएपछि उनीहरूको आज बिहान अन्त्येष्टि गरिएको हो ।

राजन पुस ३० गते अमेरिकाबाट नेपाल आएका थिए । उनलाई लिन श्रीमती अनिषा काठमाडौँ पुगेकी थिइन् । राजन डिभी परेर २ वर्षअघि अमेरिका गएका थिए । अघिल्लो वर्ष बिहे गरेका राजन एक वर्षपछिको उत्सव मनाउन नेपाल आएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *