जहाज चढेर काठमाडौँ गएका मुख्यमन्त्रीले भने- हवाई उडान सुरक्षित छ भन्ने प्रमाणित भयो

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी सोमबार बुद्ध एयरको जहाज चढेर काठमाडौँ गए । जहाज चढ्नु अघि उनले लेखेका थिए, ‘हामी हवाई उडान सुरक्षित छ भन्ने प्रमाणित गर्न चाहान्छौं । काठमाडौँ जाँदै छौँ पोखराबाट ।’

उनले पोखराको उडान सुरक्षित भएको प्रमाणित गर्न आफू जहाज चढेर काठमाडौँ गएको बताएका छन् । माघ १ गते यति एयरलाइन्सको जहाज पोखरामा दुर्घटना भएपछि हवाई यात्रा गर्नेहरू घटेका छन् । पर्यटकीय क्षेत्र सुनसान छन् ।

यसअघि नै पोखरामा बुकिङ गरेका होटलहरु पर्यटकले धमाधम क्यान्सिल गरिरहेका छन् । यतीको जहाज दुर्घटनामा ७२ जनाको ज्यान गएको थियो । त्यसपछि पर्यटकलाई हवाई उडान असुरक्षित महसुस भएको छ । अधिकारीले जहाज सुरक्षित भएकोले यात्रा गर्न आग्रह पनि गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *