पोखरा विमानस्थललाई चराको चिन्ता, फेब्रुअरी १३ बाट रात्रिकालीन उडान हुने

पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन भएर सञ्चालनमा आएको केही दिनपछि काठमाडौँबाट पोखरा आउँदै गरेको जहाजमा अवतरण गर्ने क्रममा चरा ठोक्कियो । उक्त घटना एयरपोर्ट भित्रै गुपचुप राखियो । अहिले अन्तर्राष्ट्रिय विमानस्थलमा चराले चिन्ता बढाएको छ ।

एयरपोर्ट नजिकै रहेका सेती नदी र विजयपुर खोलामा फालिने फोहोरका कारण चराहरू बढी उडेका विमानस्थलले जनाएको छ । चराजन्य गतिविधिले हवाई सेवाको सुरक्षामा जोखिम हुने भन्दै १ किलोमिटर पर रहेको बाच्छेबुडुवाको ल्यान्डफिल साइट पुरिएको छ ।

तर नदीहरूमा फोहोर फाल्ने परम्पराले चराको जोखिम बढेको विमानस्थल प्रमुख विक्रमराज गौतमले बताए । ‘हामीले चराकै समस्या आउँछ भनेर ल्याण्डफिल स्थानान्तरण ग-यौं । तर सेती नदी, विजयपुर खोला र विमानस्थल हुँदै बहने नहरमा मरेका कुकुर, कुखुरा, बंगुर लगायत जनावरको सिनो तथा अन्य फोहोर फाल्ने क्रम रोकिएन,’ उनले भने, ‘यसबाट चराको आउजाउ बढेको छ । चरा विमानस्थल नजिक आएपछि उनीहरूको गतिविधि हाम्रा लागि प्रमुख चुनौती हुन् ।’

फोहोर र चराजन्य गतिविधि चुनौतीपुरमा रहेपनि १३ फेब्रुअरी रातिदेखि नयाँ विमानस्थलबाट जहाजहरूले रात्रिकालीन उडान र अवतरण गर्न सक्ने उनले जानकारी दिए । उनका अनुसार सो दिनदेखि उपकरणमा आधारित उडान र अवतरण सेवा विमानस्थलमा सञ्चालनमा आउने छन् । विमानस्थल उद्घाटन भएको डेढ महिना बितिसक्दा पनि अन्तर्राष्ट्रिय उडान भने हुन सकेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *