सुर्खेतमा मृगौला प्रत्यारोपण गरेका बिरामी अस्पतालबाट डिस्चार्ज

सुर्खेत । कर्णाली प्रदेश अस्पताल सुर्खेतमा पहिलो पटक मृगौला प्रत्यारोपण गरेका बिरामी अस्पतालबाट डिस्चार्ज भएका छन् । गत शनिबार मृगौला प्रत्यारोपण गरेका बिरामी ५ दिन पछि घर फर्किएका हुन् ।

कर्णाली प्रदेश अस्पतालमा शनिबार मृगौला सफल प्रत्यारोपण भएपछि काठमाडौँ र पोखरामा मात्र हुदै आएको मृगौला प्रत्यारोपण प्रदेश अस्पताल सुर्खेतमा पनि सुरु भएको छ ।

सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका विशेषज्ञ डाक्टरहरुको टिमबाट माघ २१ गते कर्णाली प्रदेश अस्पतालमा नवलपरासी जिल्ला बर्दघाट नगरपालिका ४ का ४३ वर्षीया आमाले २२ वर्षीया छोरालाई मिर्गौला दान गरेकी थिइन् । र सोही दिन मृगौलाको सफल प्रत्यारोपण गरिएको थियो ।

आज प्रत्यारोपण गरेको ५ दिनपछि अस्पतालले विरामीलाई डिस्चार्ज गरेको छ । मुगौलाको सफल प्रत्यारोपण भएको साथै विरामी र अंगदाता दुवैको स्वास्थ्य अवस्था राम्रो रहेको कर्णाली प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खड्काले बताए ।

मृगौलाको सफल प्रयारोपण पश्चात आज घर फर्कदै गरेको विरामीले अस्पतालको सेवाबाट खुसी भएको बताए । उनले भने– ‘अस्पतालको व्यवस्थापन र स्वास्थ्यकर्मीको व्यवहार निकै मन पर्यो । प्रदेश अस्पतालको सेवा ठुला ठुला अस्पतालले दिने सेवा जस्तै लाग्यो । यस्तै बिरामीका बुबाले पनि अस्पतालको सेवाबाट निकै खुसी भएको बताए ।

देशका धेरै असपतालमा धाएको र यो अस्पतालको अवस्था सरसफाई देख्दा निकै राम्रो लागेको साथै स्वास्थ्यकर्मीको व्यवहार पनि मन परेको उनको भनाइ छ । सबैभन्दा सबल पक्ष अस्पतालको सरसफाई लागेको उनले बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *