मादीको केन्द्र सार्न बाटो खुल्यो, असन्तुष्ट पक्षको रिट सर्वोच्चबाट खारेज

पोखरा । कास्कीको मादी गाउँपालिकाको केन्द्र विवादमा छ । याङजाकोटमा राखिएको केन्द्र सार्न राजनीतिक दलहरूको एजेण्डा नै बन्यो ।

केन्द्र सार्नका लागि अन्ततः पालिकाले प्रदेश सरकार हुँदै केन्द्रमा नामहरू सिफारिस गर्‍यो । तर केन्द्र सार्न नहुने तर्क राख्नेहरूले सर्वोच्चमा रिट दायर गरे । २०७७ माघ २३ मा मादी गाउँपालिकाका अर्जुन गुरुङलगायतले केन्द्र सार्न नहुने भन्दै रिट दायर गरेका थिए । उक्त रिट सर्वोच्चले खारेज गरिदिएको छ ।

न्यायाधीशहरू प्रकाशमानसिंह राउत र तिलप्रसाद श्रेष्ठको इजलासले रिट खारेज गरेपछि केन्द्र सार्न बाटो खुलेको छ । २०७६ माघ २१ गते चारवटा विकल्पसहित पालिकाले गण्डकी सरकारलाई सिफारिस गरेको थियो । त्यसको झन्डै १ वर्षपछि २०७७ माघ ५ गतेको प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले ४ विकल्पमध्ये मादी ४ साझा बेतेनीमा सार्न संघीय सरकारलाई सिफारिस गरेको थियो ।

त्यसपछि पालिकामा तनाव भएको थियो । पालिकाबाट सर्वसम्मत ४ विकल्पको नाम सिफारिस गरेपनि पालिकाले एकलौटी रूपमा बेतेनी केन्द्र बनाउन सिफारिस गरेको आरोप छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *