मानवसेवा आश्रमको घर बनाउन महायज्ञ, ६ दिनमै उठ्यो ४ करोड

पोखरा । मानव सेवा आश्रमले पोखरा २५ हेमजाको बाबियातरामा महायज्ञ आयोजना गरेको छ । कठिन परिस्थितिमा सडकमा छोडिएका व्यक्तिहरूलाई आश्रय दिनका लागि आश्रमले विशाल भवन निर्माण गर्दैछ । निर्माणाधीन भवन पूरा गर्नका लागि महायज्ञ आयोजना गरिएको हो ।

यसअघि नेपथ्य ब्याण्डले लाइभ कन्सर्ट गरेको थियो । महायज्ञको ६ दिनसम्म ४ करोड भन्दा बढी रकम संकलन भएको आश्रमका गण्डकी अध्यक्ष होमनाथ तिमिल्सिनाले जानकारी दिए । पोखरा महानगरपालिकाले दोस्रो तला निर्माणका लागि लाग्ने १ करोड ७१ लाख रुपैयाँ व्यहोर्ने प्रतिबद्धता जनाएका छन् ।

पूर्व मन्त्री हरि पाण्डेले ३० लाख ६६ हजार ६ सय ६ रुपैयाँ सहयोग घोषणा गरे । त्यसबाहेक दैनिक विभिन्न व्यक्तिले लाखौँ रुपैयाँ सहयोग गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *