बारपाक सुलिकोटमा जनयुद्ध दिवसको सार्वजनिक बिदा

पोखरा । गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले फागुन १ गते सार्वजनिक बिदा दिने भएको छ । तत्कालीन माओवादीले सुरु गरेको जनयुद्ध दिवसको सन्दर्भमा पालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

पालिकाभित्रका सरकारी कार्यालय, शैक्षिक संस्थाहरू बन्द गर्न र जनयुद्ध दिवस मनाउन पालिकाले सूचना जारी गरेको छ । प्रमुख प्रशासकीय अधिकृत तुलसीराम आचार्यले सहिदको सम्मान स्वरूप बिदा दिने निर्णय भएको बताए ।

सोही दिन अन्तर मावि वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको छ भने साँझ दीपावली गरेर दिवस मनाउन लागिएको आचार्यले जानकारी दिए । बारपाक सुलिकोटमा माओवादीको नेतृत्व छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *