घरमा आगो लाग्दा १४ वर्षीया बन्दनाको मृत्यु

काठमाडौँ । जुम्लाको एक घरमा आगलागी हुँदा एक १४ वर्षीया बालिकाको मृत्यु भएको छ । चन्दननाथ नगरपालिका-१ ठिन्केका लोकबहादुर भण्डारीको घरमा आगलागी हुँदा १४ वर्षीया छोरी बन्दनाको जलेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक धर्मराज जोशीकाअनुसार गएराति साढे १० बजेतिर भएको आगलागीबाट तीन तले घरमा पूर्ण रूपमा क्षति पुगेको छ । घरमा बालिकासहित ७ जना सुतेका थिए ।

आगलागी भएपछि अरू घर बाहिर भागे पनि बन्दना तेस्रो तलामा रहेकाले निकाल्न नसकिएको परिवारलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । आगलागीमा मृत्यु भएकी बन्दनाको शव कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा पोस्टमार्टमका लागि राखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *