सडक पार्किङ हटाएर निजी जग्गावाला पोस्दै पोखरा महानगर

पोखरा । पोखरा महानगरपालिकाले सडक पार्किङ हटाउने निर्णय ग-यो । न्यूरोड, नयाँ बजार, चिप्लेढुंगा, महेन्द्रपुल, पृथ्वीचोक, सभागृहचोक लगायत क्षेत्रमा महानगरले सडक पार्किङ निषेधको निर्णय गरेको हो ।

निर्णयको चौतर्फी आलोचना भएपछि केही समयका लागि महानगर आफ्नै निर्णयबाट पछि हटेको छ । तर सरोकारवालासँग थप सल्लाह गरेर यही महिनादेखि सडक पार्किङ हटाउने मेयर धनराज आचार्यले बताए । महानगरले सडक पार्किङ निषेधको निर्णयसँगै निजी जग्गावालाले पार्किङ स्थल खोलेर महँगो भाडा प्रस्ताव गरेका छन् ।

मेयर आचार्यका अनुसार पोखरामा २७ भन्दा बढी ठाउँमा निजी पार्किङ व्यवस्था गर्न लागेको छ । एक महिनाभित्र पार्किङ स्थलको व्यवस्थापन गरिसक्ने उनले बताएका छन् । तर निजी क्षेत्रले निकै चर्को मूल्यमा पार्किङ गराउन लागेका छन् । न्यूरोडको पूर्णिमा चलचित्र हल पछाडिको जग्गामा पार्किङको उद्घाटन गर्दै मेयर आचार्यले अव सडक पार्किङ गर्ने दिन सकिएको प्रतिक्रिया दिए ।

आचार्यले उद्घाटन गरेको पार्किङ स्थलमा पार्किङ शुल्क निकै महँगो छ । त्यहाँ ४० वटा चारपाङ्ग्रे र एक सयवटा दुई पाङ्ग्रे सवारी पार्किङ गर्न मिल्छ । २ पाङ्ग्रेका लागि प्रतिघण्टा १० रुपैयाँ र चारपाङ्ग्रेका लागि प्रतिघण्टा प्रकृति अनुसार ५० र ७० रुपैयाँ तोकिएको छ । स्थानीय व्यवसायीहरूले महानगरपालिकाले आफ्नालाई पोस्न चर्को मूल्यका पार्किङ स्थल उद्घाटन गरेको बताएका छन् ।

सोमबारदेखि पोखराका सडकमा पार्किङ नगर्ने भन्दै अघिल्लो साता सूचना निकालिएको थियो । तत्कालका लागि नगरपालिकाले आफ्नो निर्णय कार्यान्वयन नगर्ने अर्को सूचना निकालेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *