सहिदनगरका तत्कालीन मेयर, उपमेयर र अधिकृतसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

जनकपुरधाम । धनुषाको सहिदनगर नगरपालिकाका तत्कालीन प्रमुख उदय कुमार बरबरीया विरुद्ध भ्रष्टाचारको मुद्दा  दायर भएको छ । तत्कालीन समयमा मुलुककै कान्छो मेयर भनेर चिनिएका बरबरीया तथा उपप्रमुख शिलादेवी कापरसहित १२ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन नगर प्रमुख बरबरीया, उपप्रमुख कापर, प्रमुख प्रशासकीय अधिकृत, लेखा अधिकृत सहित १२ जनामाथि विशेष अदालत काठमाडौँमा आरोप–पत्र दायर गरेको हो ।
उनीहरूले सहिदनगर नगरपालिका ८ स्थित बिसरभोरा नहरदेखि गोठकोयलपुर सीमासम्म कृषि सडक निर्माणमा दुई लाख १२ हजार आठ सय १६ रुपैयाँ २३ पैसा बराबरको भ्रष्टाचार गरेको अख्तियारको दाबी छ । लागत इस्टिमेट र कार्य सम्झौता अनुसार काम गर्ने भनिए पनि बढी भुक्तानी दिइएको अख्तियारको दाबी छ ।
नगर प्रमुख बरबरीया र उपप्रमुख कापर तत्कालीन समयमा नेकपा माओवादी केन्द्रको तर्फबाट निर्वाचित भएका थिए । पछि उपप्रमुख कापर नेकपा एमाले प्रवेश गरेका थिए । यो पटकको निर्वाचनमा भने दुवैजना पराजित भए ।
भ्रष्टाचार मुद्दा लागेका सो नगरपालिकाका तत्कालीन लेखा अधिकृत नन्दकुमार झा अहिले जनकपुरधाम उपमहानगरपालिकाका लेखा अधिकृत हुन् । विशेष अदालतमा मुद्दा दायर भएपछि उनी निलम्बनमा परेका छन् ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *