स्काभेटर किन्दा दिएको ५८ लाख रुपैयाँको चेक बाउन्स भएपछि वडाअध्यक्ष पक्राउ

विराटनगर । भोजपुर नगरपालिका वडा नम्बर १२ का वडाअध्यक्ष देवीप्रसाद कार्की पक्राउ परेका छन् ।

अपराध अनुसन्धान महाशाखा प्रदेश १ को टोलीले भोजपुरबाट वडाअध्यक्ष कार्कीलाई पक्राउ गरेको हो । नेपाली काङ्ग्रेसबाट विजयी भएका कार्कीका विरुद्ध इलाका प्रहरी कार्यालय बिर्तामोड बैङ्किङ कसुरमा किटानी जाहेरी परेको थियो ।

कार्कीले उद्योग वाणिज्य संघ बिर्तामोडका अध्यक्ष प्रकाश सिवाकोटीलाई ५८ लाखको चेक दिएका थिए । स्काभेटर खरिद बापतको रकमको चेक पटक पटक नसाटेपछि सिवाकोटीले जाहेरी दिएका थिए । जाहेरीका आधारमा बैकिङ्ग कसुर अन्तरगत कार्की पक्राउ परेको प्रदेश १ प्रहरीका प्रवक्ता नवीन राईले बताए ।

पक्राउ परेका कार्कीलाई इलाका प्रहरी कार्यालय बिर्तामोड राखिएको छ । कार्कीका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *