पुलबाट साइकल खोलामा खस्यो, एकजनाको मृत्यु

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा साइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

वीरेन्द्रनगर १ को गौरीखोला पुलमा सोमबार बिहान साइकल सवार एकजना व्यक्ती दुर्घटनामा परी घटना स्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी सुरज कार्कीले जानकारी दिए ।

स्थानीयका अनुसार उनी साइकल सहित पुलबाट खोलामा खसेका हुन् । अहिले प्रहरीले घटना स्थलमा पुगेर थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *