बिर्तामोडमा अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सवको तयारी

झापा । झापाको बिर्तामोडमा आयोजना गर्न लागिएको बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सवको तयारी तीव्र पारिएको छ । आगामी फागुन ५ देखि १५ गतेसम्म बिर्तामोड नगरपालिका-२ स्थित रामचौक हुन लागेको महोत्सवका लागि जिल्लामा रहेका महिला उद्यमीहरूसँग संघमा छलफल गरिएको आयोजकले जनाएको छ ।

छलफलका क्रममा महिला उद्यमीहरूले महोत्सवलाई सफल बनाउन आ-आफ्ना ठाउँबाट सक्दो सहयोग पुर्‍याउने प्रतिबद्धता जाहेर गरेका छन् । बिर्तामोडकै गौरवका रूपमा महोत्सव आयोजना गरिएको र त्यसलाई सफल बनाउन आफूहरूको दायित्व रहेको नेपाल उद्यमशील महिला संघ झापाकी अध्यक्ष पार्वता खरेल बिमलीले बताइन् ।

त्यस्तै एवीसी नेपालकी अध्यक्ष कञ्चना सिटौलाले महोत्सव सफल बनाउन महिलाहरूको मात्रै दायित्व नभई बिर्तामोडवासीकै दायित्व रहेकाले सबै एकजुट हुनु पर्ने बताइन् । बिर्तामोड औद्योगिक व्यापार महोत्सवका संयोजक राजु न्यौपानेले आयोजना गर्न लागिएको महोत्सवका विषयमा प्रकाश पारे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *