मधेसकाे मन्त्रिपरिषद् विस्तार : ६ मन्त्री र ३ राज्यमन्त्री थपिए, माओवादी सरकारबाहिर

जनकपुरधाम । मधेस प्रदेशमा मन्त्रिपरिषद् विस्तार भएको छ । मुख्यमन्त्री सरोज कुमार यादवले थप ६ मन्त्री र तीन राज्यमन्त्री नियुक्त गरेका हुन् ।

जनमत पार्टीका महेश प्रसाद यादव शिक्षा, विज्ञान, प्रविधि तथा वाणिज्य मन्त्री, सुरिता कुमारी साह सामाजिक विकास मन्त्री, शत्रुधन प्रसाद सिंह गृह तथा सञ्चार मन्त्री, सिंगासन सा कलवार खानेपानी तथा ऊर्जा विकास मन्त्री, राजकुमार लेखी कानुन, न्याय तथा प्रदेशसभा मामिला मन्त्री र मो. जयद आलम महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री नियुक्त भएका छन् ।

यस्तै अबुल कलाम आजाद सामाजिक विकास राज्यमन्त्री, केशव राय गृह तथा सञ्चार राज्यमन्त्री र सञ्जयकुमार यादव भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्रीमा नियुक्त भएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । नवनियुक्त मन्त्री र राज्यमन्त्रीहरूलाई आजै प्रदेश प्रमुख हरिशंकर मिश्रले पद तथा गोपनीयताको शपथग्रहण गराएका छन् ।

प्रदेश सरकारमा नेकपा माओवादी केन्द्रले भने सहभागी भएन । माओवादीले दुई मन्त्रालय मागेको थियो । तर मुख्यमन्त्री यादवले एउटा मात्र मन्त्रालय दिन खोज्दा माओवादीले मन्त्री नपठाएको बुझिएको छ ।

मुख्यमन्त्री यादवले पुस २९ मा शपथ लिएकै दिन तीन मन्त्री पनि शपथ लिएका थिए । योसहित अब यो प्रदेशमा मुख्यमन्त्रीसहित १० मन्त्री र तीन राज्यमन्त्री पुगेको छ । केन्द्रमा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री छन् ।

प्रधानमन्त्री प्रचण्डले जसपालाई रोजेको मन्त्रालय नदिएपछि प्रदेशमा जसपाले माओवादीसँग बदला लिएको देखिएको छ ।

यस्ताे छ मन्त्रीहरूकाे सूची

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *