किसानले खेतमा अत्यधिक विषादी हाल्दा गैँडा धेरै मरे : सांसद जिसी

पोखरा । गण्डकी प्रदेशका सांसद महेन्द्रध्वज जिसीले किसानले बाली जोगाउन अत्यधिक विषादी खेतबारीमा प्रयोग गर्दा त्यही खाएर धेरै गैँडाको मृत्यु भएको बताएका छन् ।

‘प्राकृतिक रूपमा पनि असारदेखि यता १२ गैँडाको मृत्यु भएको छ । प्राकृतिक रूपमै मृत्युदर बढेको छ । जन्मपछि मृत्यु स्वाभाविक हो, तर हामी मान्दैनौँ,’ उनले भने, ‘किसानले बाली जोगाउन अत्यधिक विषादी प्रयोग गरेको र त्यो विषादी गैँडाले खाएर मृत्युदर बढेको भन्ने हाम्रो बुझाई छ ।’

उनले वन्यजन्तु र मानवबिच द्वन्द्व बढ्दै गएकोले नियन्त्रण गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराए । ‘गैँडा र बाघको संख्या बढेको छ, हामी खुसी छौँ । तर अहिले मानव र जंगली जनावरबीच द्वन्द्व बढेको छ । यसमा प्रदेश सरकारले के गर्छ ?,’ उनी भन्छन्, ‘द्वन्द्व न्यूनीकरण गर्ने कार्यक्रम सरकारले ल्याएको थियो, त्यो कहाँ पुग्यो रु सरकारले समन्वय गरेर यो द्वन्द्व न्यूनीकरण गर्दै बाघ र गैँडाको संरक्षण सँगै किसानहरूको पनि संरक्षण गर्न अनुरोध गर्दछु ।’

प्रदेश सभाको विशेष समयमा बोल्दै सांसद जिसीले प्रदेश सभामा उठेका संघ सरकार मातहतका सवाललाई प्रदेशले छिटो सम्बोधन गर्नुपर्ने बताए ।

राष्ट्रिय निकुञ्ज र बफर जोनमा द्वन्द्व बढेको समस्या सुनाउँदै उनले भने, ‘राष्ट्रिय निकुञ्ज संघ सरकार मातहत पर्छ । प्रदेश अन्तर्गत पर्दैन । हामीले जनसरोकारका कुरा उठाउँछौँ,’ उनले भने, ‘यी सवालहरू प्रदेश सरकारले केन्द्रमा पुर्याउने हो कि हामी नै झोला बोकेर केन्द्रमा जान पर्ने हो ?’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *