सांसद देवकोटाको प्रस्ताव : पालुङटारलाई पोखरापछिको वैकल्पिक सहर बनाइयोस्

पोखरा । गण्डकी प्रदेशका सांसद फडिन्द्र देवकोटाले पालुङटार र आसपासका क्षेत्रलाई पोखरापछिको वैकल्पिक सहरका रूपमा विकास गर्न माग गरेका छन् । प्रदेश सभाको विशेष समय लिएर उनले उक्त प्रस्ताव राखेका हुन् ।

‘एकताका नेपालकै राजधानी बनाउने चर्चा भएको क्षेत्र गोरखा, लमजुङ र तनहुँको भूगोल छ हाम्रो गण्डकी प्रदेशसँग,’ उनले भने, ‘पोखरापछिको वैकल्पिक सहरको रूपमा पालुङटार र वरपरको क्षेत्रलाई पहल गरियोस् भनी विशेष प्रस्ताव गर्न चाहन्छु ।’

यसअघि लामो समय सञ्चालन भएर बन्द अवस्थामा रहेको पालुङटार एयरपोर्ट तुरुन्त सञ्चालन गर्न आग्रह गरे ।

यस्तै, गोरखकाली रबर उद्योग नयाँ ढंगले सञ्चालन गर्न पनि उनको सरकारसँग माग छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *