२० दिनमा ५ सय आगलागी, २ अर्बको क्षति !

काठमाडौँ । यस वर्ष आगलागीका घटना बढ्दै गएको देखिएको छ । राष्ट्रिय विपद जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार एक दिनमै दशओटा आगलागीका घटना र लाखौँको क्षति समेतहुने गरेको छ ।

विपद् व्यवस्थापन प्राधिकरणको तथ्यांकलाई हेर्दा वैशाखदेखि माघ २० सम्ममा दुई हजारभन्दा बढी आगलागीका घटना भएका छन् । उक्त आगलागीमा परेर ७५ जनाको मृत्यु भएको छ भने २ सय ८० जना घाइते भएका छन् । हालसम्ममा झन्डै २ अर्ब बराबरको क्षति भएको देखिन्छ ।

राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणले माघ महिनामा मात्र आगलागीका कारण झन्डै १ करोड बराबरको क्षति भएको जनाएको छ । आगलागीमा परी ५ सय १८ जनाले ज्यान गुमाएका छन् । २८ जना घाइते भएका छन् । दुर्घटनामा २ सय ५९ परिवार प्रभावित भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *