सडकमै तरकारी फ्याँकेर चितवनका किसान उत्रिए आन्दाेलनमा

काठमाडौँ । आफूले उत्पादन गरेको तरकारी सडकमा फ्याँकेर चितवनका किसान प्रदर्शनमा उत्रिएका छन् । भारतीय तरकारीको अनियन्त्रित आयातका कारण नेपाली किसानले उत्पादन गरेको तरकारले बजार नपाएको भन्दै उनीहरु सडकमा उत्रिएका हुन् ।

शुक्रबार उनीहरुले चितवनको नारायणगढबजार स्थित पुलचोकमा विभिन्न प्लेकार्ड र ब्यानरसहित तरकारी सडकमा फ्याँकेर सरकारको नीतिगत व्यवस्थाको विरोध गरेका हुन् ।

‘बारीमा जाऊ भविष्य छैन, खाडीमा जाऊँ उमेर छैन,’ जस्ता नारा लेखिएका प्लेकार्डसमेत उनीहरुले प्रर्दशन गरेका छन् ।

सरकारले समयमा मल विउ नदिएको, अनुदान नदिएको र किसानले आफ्नै बलबुताले उत्पादन गरेको तरकारीको समेत बजार व्यवस्थापन गर्न नसकको भन्दै असन्तुष्टि जनाएका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *