बैंकविरुद्ध पोखराका उद्योगी-व्यवसायी, संघर्ष समिति गठन


पोखरा । पोखराका उद्योगी व्यवसायीहरूले बैंक तथा वित्तीय संस्थाहरूले चर्को ब्याजदर मागेको र जबरजस्ती कर्जा असुलीको प्रयास गरेको भन्दै विरोध गरेका छन् । बैंक तथा वित्तीय संस्थाहरूले धरपकड गरेको भन्दै उनीहरूले संघको तयारी गरेका छन् । पोखरा उद्योग वाणिज्य संघको अगुवाइमा बिहीबार भएको भेलाबाट संघर्ष समिति गठन भएको छ ।
पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवन प्रजापतिको संयोजकत्वमा बनेको समितिको सहसंयोजक लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष
संयोजक तथा लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष सहसंयोजक रहेको सो संघर्ष समितिले बैंक तथा वित्तीय संस्थाहरूले कर्जाका साँवा र ब्याजको लागि धरपकडविरुद्ध संयुक्त संघर्षका कार्यक्रम गर्ने उद्घोष गरिएको छ ।
संघर्ष समितिमा पोखरा र लेखनाथस्थित विभिन्न बस्तुगत संघका अध्यक्षहरू सदस्य रहेका छन् । ‘बैंक तथा वित्तीय संस्थाका कर्मचारीबाट साँझ–बिहान र रातमा पनि टेलिफोन गरेर मानसिक तनाव दिने, घर र पसलमै पुगेर बालबालिकाको सामु धम्क्याउने, पसलमा दिनभर बिक्री भएको पैसा बोकेर हिँड्ने काम भएपछि बाध्य भएर संघर्ष गर्ने निर्णय गरिएको हो’, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिले भने,‘ संघर्ष समितिले बैंक तथा वित्तीय संस्थाहरूबाट भएका यस्ता कामको सामूहिक प्रतिवाद गर्नेछ ।’
बैंक तथा वित्तीय संस्थाहरूबाट एकाएक कर्जाको ब्याज बढाउँदा धेरै उद्योगी व्यवसायीहरू मर्कामा परेका र तनावकै कारण आत्महत्या गर्न बाध्य हुनुपरेको बताउँदै उनले ज्यादती तत्काल रोकिनुपर्ने माग पनि गरे । विषम परिस्थितिमा कुनै बैंक तथा वित्तीय संस्थाहरूले कुनै व्यवसायीहरिको धितो लिलामी प्रक्रिया अगाडि बढाए त्यसको पनि प्रतिकार गरिने उनको भनाइ छ । उनले समितिको आउँदो बैठकले संघर्षका थप कार्यक्रम र स्वरूप निर्धारण गर्ने जानकारी दिए ।
नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीका अध्यक्ष सञ्जीवबहादुर कोइरालाले कुनै बैंक तथा वित्तीय संस्थाबाट धम्कीपूर्ण टेलिफोन र पत्र आए त्यसको प्रतिवाद गर्न नेपाल उद्योग वाणिज्य महासंघ तयार रहेको चेतावनी दिए । उनले दुःख दिने बैंक तथा वित्तीय संस्थालाई एकमुष्ठ लालपुर्जा लगेर बुझाउने बताएका छन् ।
