सन्दीप लामिछाने राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षणमा

काठमाडौँ । राष्ट्रिय टिमका पूर्व कप्तान सन्दीप लामिछाने नेपाली राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा परेका छन् । टिमका प्रमुख छनोटकर्ता दीपेन्द्र चौधरीले सन्दीपलाई नेपाली टिमको बन्द प्रशिक्षणका लागि सहभागी गराइएको जानकारी दिएका छन् ।

सन्दीपलाई आजदेखि होटलमा राखिएको र भोलि फिटनेश ट्रेनर, फिजियो र प्रशिक्षकले उनको अवस्था हेरेपछि उनी खेल्न योग्य भए खेलाउने उनले बताएका छन् ।

सन्दीपलाई फागुन पहिलो साता कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेपाल, नामिबिया र स्कटल्यान्डबीचको त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि बन्द प्रशिक्षणमा समावेश गरिएको छ ।

सर्वोच्च अदालतले विदेश जान प्रतिबन्ध लगाएको सन्दीपलाई नेपालमा भने खेल्न बन्देज गरिएको छैन ।

नाबालिगलाई बलात्कार गरेको अभियोगमा पुर्पक्षका लागि थुनामा राखिएका सन्दीपलाई सर्वोच्च अदालतले २० लाख धरौटीमा थुना मुक्त गर्न आदेश दिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *