तस्बिरमा शालीनदी मेला

काठमाडौँ । पौष शुक्ल पूर्णिमाको दिनदेखि माघ शुक्ल पूर्णिमासम्म चल्ने शालीनदी मेला माधवनारायण मेला भक्तजको भीड लागेको छ ।

प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म हरेक दिन घरघरमा स्वस्थानी कथा भन्ने र सुन्ने गरिन्छ । स्वस्थानी परमेश्वरीको व्रत बसे तथा उनको कथा भने र सुने मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।

हात गोडाका नङ काटी, स्नान गरी, शुद्ध वस्त्र पहिरिएर यसको शुरुआत हुन्छ । बिहान माघ स्नान गरी नित्य मध्याह्नकालमा महादेवको पूजा गरिन्छ । बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रतकथा सुन्ने सुनाउने परम्परा छ ।

हरिराम भेटुवाल/रासस

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *