शरीरमा पेट्रोल छर्केर पुरुषले गरे आत्मदाहको प्रयास

२०७९ माघ १८ गते

सांकेतिक तस्बिर
काठमाडौँ । बागलुङमा शरीरमा पेट्रोल छर्केर एक जना पुरुषले आत्मदाहको प्रयास गरेका छन् । बागलुङ नगरपालिका–८ का ५२ वर्षीय शेरबहादुर जिसीले शरीरमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेका प्रहरीले जनाएको छ ।
घरमा कोही नभएको बेला शरीरमा पेट्रोल छर्किएर जिसीले आत्मदाहको प्रयास गरेको प्रहरीले जनाएको हो । घाइते जिसीको अहिले धौलागिरि अस्पतालमा उपचार भइरहेको छ । आत्मदाह गर्न खोज्नुको कारण खुलेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

२०७९ माघ १८ गते
प्रतिक्रिया
सम्बन्धित