चोरी भएको डिजेल ट्यांकर फेला, दुई जना समातिए

जनकपुरधाम । एक साताअघि सप्तरीबाट चोरी भएको डिजेल लोड ट्यांकर भेटिएको छ । ट्यांकर चोरी गरी बेच्ने र किन्ने व्यक्ति पक्राउ परेका छन् ।

बाराको अमलेखगंज डिपोबाट गत माघ ११ गते २० हजार लिटर डिजेल लोड गरी विराटनगरतर्फ लग्न खोजिएको को.१ख ३६५५ नम्बरको टयांकर सप्तरीको कंचनरुप नगरपालिका ८ स्थित बि.कि. पम्पबाट चोरी भएको थियो ।

उक्त पम्पमा ट्यांकर पार्किङ गरी चालक कंचनरुप नगरपालिकाकै वडा नम्बर ९ बस्ने ४५ वर्षीय विनोद कुमार भुजेल आफ्नो घर गएका थिए । सोही समयमा हराएको यो टयांकर हराएको थियो ।

प्रहरीका अनुसार १५ माघको बिहान ९ बजे शम्भुनाथ नगरपालिका २ खैरबना भन्ने स्थानमा उक्त ट्यांकर बेवारिसे अवस्थामा फेला परेको हो । फेला परेपछि ट्यांकर चेकजाँच गर्दा त्यसभित्रका ५ चेम्बरमध्ये ४ चेम्बरमा राखिएको डिजेल खाली पाइएको थियो । एउटा च्याम्बरमा ४ हजार लिटर डिजेल रहने गर्दछ । १६ हजार लिटर डिजेल गायब भएको सन्दर्भमा नेपाल आयल निगम १ नम्बर प्रदेशको कार्यालय विराटनगरका कर्मचारी र नेपाल प्रहर समेतको टोलीले छानबिन गर्दा दुई जना समातिएको सप्तरी प्रहरीका डिएसपी नरेश कुमार सिंहले जानकारी दिए ।

उक्त ट्यांकर कंचनरुपबाट शम्भुनाथसम्म लगी कंचनरुप नगरपालिका ९ बस्ने २९ वर्षीय नवराज भुजेलले डिजेल बेचेका थिए । उनीसँग खडक नगरपालिका ७ घर भएका भण्डार आयल स्टोरका सञ्चालक ३५ वर्षीय श्यामकुमार साहले डिजेल खरिद गरेका थिए ।

बेच्ने र किन्ने मान्छेलाई १६ माघमा नियन्त्रणमा लिई चोरी मुद्दामा जिल्ला अदालतबाट म्याद थप गराइ अन्य अनुसन्धान गरिरहेको सिंहले बताए ।

निगमको विराटनगरस्थित प्रदेश १ कार्यालयमा हिँडेको २० हजार लिटर डिजेल बोकेको ट्याङ्कर सप्तरीबाट चोरी भएको हो ।

प्रहरीका अनुसार पार्किङमा छोडेर चालक घर गएको अवस्थामा सप्तरी कञ्चनपुर नगरपालिका-८ को बिकी पम्पबाट डिजलसहितको ट्याङ्कर चोरी भएको हो । प्रहरीले सोमबार चोरी भएको ट्याङ्कर सहित संलग्न दुई जनालाई पक्राउ गरेपछि यो घटना सार्वजनिक भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *