सन्दीप लामिछानेको निलम्बन फुकुवा गर्ने क्यानको निर्णय

२०७९ माघ १७ गते

पोखरा । नेपाल क्रिकेट सङ्घका पूर्व कप्तान सन्दीप लामिछानेको निलम्बन फुकुवा गर्ने निर्णय गरेको छ । पोखरामा जारी क्यानको बोर्ड बैठकले उनी विरुद्धको निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो ।
नाबालिकालाई बलात्कार गरेको अभियोगमा उनी पक्राउ परेका थिए । पक्राउ लगत्तै उनलाई क्यानले निलम्बन गरेको थियो । सन्दीपलाई जिल्ला अदालत काठमाडौँले थुनछेक बहसपछि पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।
उक्त आदेशविरुद्ध सन्दीपले दिएको निवेदनमा उच्च अदालत पाटनले २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । तर अहिले उक्त आदेशको विरुद्ध महान्यायाधिवक्ता कार्यालयले सर्वोच्चमा रिट दर्ता गरेको छ ।

२०७९ माघ १७ गते
प्रतिक्रिया
सम्बन्धित