क्यानको बोर्ड बैठक सुरू, असन्तुष्टसहित ९ सदस्य अनुपस्थित

पोखरा । नेपाल क्रिकेट संघ(क्यान)को बोर्ड बैठकमा १० जना मात्रै सहभागी भएका छन् । १९ सदस्यीय बोर्डमा ७ जना सदस्यले अध्यक्ष चतुरबहादुर चन्दसहित कार्यसम्पादन समितिमा रहेको ५ जना पदाधिकारीको लिखित राजीनामा माग्दै असन्तुष्टि जनाएर सुरुमै बैठकबाट बाहिरिएका थिए । उनीहरुले लिखित रुपमै अध्यक्ष चन्दको राजीनामा माग्दै पत्र बुझाएका छन् ।

त्यस्तै, अन्य दुई सदस्यले यसअघि नै राजीनामा दिएका छन् । खास गरी नेपालमा आयोजना गरिएको नेपाल टि २० क्रिकेट लिग प्रतियोगिताको व्यवस्थापन गर्ने जिम्ममा भारतको सेभने थ्रि स्पोर्टस्लाई दिँदा म्याचमा स्पट फिक्सिङ भएको भन्दै उनीहरुले नैतिकताका आधारमै अध्यक्ष सहित कार्यसम्पादन समितिका पदाधिकारीको राजीनामा मागेका हुन् ।

बाँकी सदस्यले असन्तुष्टहरुलाई कुरे पनि उनीहरु नआएपछि ढिलो गरी बोर्ड बैठक सुरु भएको हो ।

बोर्ड बैठकमा राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछानेको निलम्बन फुकुवा, नेपाल टि २० लिगमा भएको फिक्सिङलगायत विवादसहित १७ बुँदे एजेन्डामा छलफल हुन लागेको छ ।

सेभने थ्री स्पोस्र्टले पनि स्पट फिक्सिङको उक्त प्रकरणपछि क्यानसँग भएको टि २० लिगको सम्झौता रद्द गरेको छ । यसबारे उसले मंगलबार क्यानलाई पत्र पठाएको क्यानले जनाएको छ ।

यी असन्तुष्ट ७ सदस्य अनुपस्थित छन् बाेर्ड बैठकमा 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *