कस्तुरी भन्दै भालुको पित्त बेच्ने एक पक्राउ

२०७९ माघ १७ गते

सुर्खेत । सुर्खेतमा भालुको पित्त सहित एकजना पक्राउ परेका छन् ।
वीरेन्द्रनगरमा मंगलबार कस्तुरीको पित्त भन्दै एकलालको एक सयका दरले बिक्री गरिरहेको अवस्थामा सादा पोशाकमा रहेको प्रहरीको टोलीले मंगलगढी चोकबाट एक जानालाई पत्रकाउ गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी सुरज कार्कीले बताए ।
पक्राउ पर्नेमा जुम्लाको तिला गाउँपालिका ५ का २६ वर्षका मानबहादुर शाही रहेका छन् । प्रहरीले उनको साथबाट ४४ दशमलब ८९ मिलीग्राम भालुको पित्त साथै यसको नापतौल गर्ने तराजु र नगद बरामद गरेको छ ।
प्रहरीका अनुसार थप अनुसन्धान भइरहेको छ ।

२०७९ माघ १७ गते
प्रतिक्रिया
सम्बन्धित