कोशी एक्स्पोको तयारी, अर्थतन्त्रलाई चलायमान गराउने व्यसायीको आश

विराटनगर । नेपाल उद्योग परिसंघले विराटनगरमा पहिलो पटक कोशी एक्स्पोको तयारी अन्तिम चरणमा पुगेको छ। विराटनगरमा माघ १९ देखि २८ गतेसम्म हुने कोशी एक्स्पोको तयारी अन्तिम चरणमा पुगेको हो ।

विराटनगरमा पत्रकार सम्मेलन गरी नेपाल उद्योग परिसंघ (सीएनआई)ले एक्स्पो तयारीको बारेमा जानकारी गराएको हो । सिएनआई प्रदेश १ का अध्यक्ष भीम घिमिरेले आर्थिक क्षेत्रमा चौतर्फी मन्दी छाएको अवस्थामा अर्थतन्त्रलाई चलायमान बनाउन एक्स्पोको आयोजना गर्न लागिएको बताए ।

घिमिरेले डिप्रेसनमा पुगेको निजी क्षेत्रलाई एक्स्पोको आयोजनाले राहत पुग्ने जिकिर गरे ।

‘हामी निजी क्षेत्र झण्डै डिप्रेसनमा पुग्दै थियौँ, उनले भने, युवाहरुको नेतृत्वमा आयोजना गरिएको एक्स्पोले ठूलो राहत हुनेछ ।’

एक्स्पोमा अत्याधुनिक ह्याङ्गर (डोम)हरु जडान कार्य सकिन लागेको जनाइएको छ । एक्स्पोलाई नेपाल सरकार र प्रदेश सरकार अन्तरगत मन्त्रालय र निकायहरुले प्रवरदधन द्र्धन गरेकोले यसले प्रदेश १ को अबस्थालाई झल्काउने उल्लेख गरे । करिब तीन करोडको लगानीमा एक्स्पोको अन्तिम तयारी भइरहेको जनाइएको छ । एक्स्पोमा उद्योग, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, मिल तथा मेशिनरी औजार, अटो, सेवा क्षेत्र, उपभोग्य वस्तुका चार सय स्टलहरु रहने कोशी एक्स्पो संयोजक राजेन्द्र राठीले बताए ।

पर्यटन प्रवर्द्धन, छिमेकी मुलुकका प्रविधिहरु भित्र्याउने, भारतको जोगबनी, बथनाहा, फारवीसगञ्ज, अररिया, रानीगञ्ज, वीरपुर, भीमनगर र सिलिगुडीमा समेत प्रचारप्रसार तीव्र पारिएको सह संयोजक गिरिजा सारडाले बताइन् । सारडाका अनुसार भारतका ती क्षेत्रबाट करीब ५० हजारले एक्स्पो अवलोकन गर्नेछन् । एक्स्पो अवधिभर साढे ३ लाख बढीले अवलोकन गर्ने अनुमान गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *