क्यानका ७ केन्द्रीय सदस्यद्वारा लिखित रुपमै अध्यक्षको राजीनामा माग

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)का ७ जना केन्द्रीय सदस्यले अध्यक्ष चतुरबहादुर चन्दको राजीनामा लिखित रुपमा मागेका छन् । केहीदिनअघि मात्रै पत्रकार सम्मेलन गरेर अध्यक्षसहित कार्यसम्पादन समितिका ५ पदाधिकारीको राजीनामा मागेका उनीहरुले मंगलबार लिखित रुपमै राजीनामा मागेका हुन् ।

पोखरामा मंगलबारदेखि सुरु भएको कार्यसमितिको बैठकमा उनीहरुले राजीनामा माग्दै अध्यक्ष चन्दलाई पत्र बुझाएका हुन् । चन्दको राजीनामा माग्नेमा केन्द्रीय सदस्यहरुमा ऋषिराम गौतम, दाउद अन्सारी, करण महतरा क्षेत्री, संजयराज सिंह, अमितवीर पाण्डे, छुम्बी लामा र धर्मराज गिरी हुन् ।

भारतको सेभेन थ्री स्टार स्पोर्टस्लई नेपाल टि–२० लिग सञ्चालनको जिम्मेवारी दिएर गल्ती गरेको भन्दै उनीहरुले अध्यक्षको राजीनामा मागेका हु्न् । उक्त लिगअन्तर्गतको खेलामा स्पट फिक्सिङ भएको थियो । यसबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *