उपत्यकाका भट्टाबाट निस्कन थाले नयाँ इँटा (तस्बिरहरु)

काठमाडौं । हिउँदयाम सुरू भएसँगै काठमाडौँ उपत्यकाका इँटा भट्टाहरू चलायमान हुन थाल्दछन् । यो याममा सयौँको संख्यामा नेपाली र भारतीय मूलका कामदारहरू भट्टामा पाकेको इँटा झिक्न र काँचाे इँटा पोल्नका लागि चाङ बनाउन बनाउन व्यस्त रहन्छन् ।


साधारणतया उपत्यकाका इँटाभट्टाहरू वर्षको ६ महिनामात्रै सञ्चालनमा आउने गर्दछन् । वर्षायाममा भने खासै भट्टा सञ्चालन गरिँदैन । असार-साउनमा इँटाभट्टामा काम गर्ने मजदुरका नाइकेहरूले नेपालका विभिन्न गाउँहरूमा गएर भट्टामा काम गर्ने मजदुर खोजेर ल्याउँदछन् । उपत्यकाका भट्टाहरुमा नेपाल र भारतको विभिन्न स्थानहरूबाट आएका हजारौँ श्रमिकहरूले रोजगारी पाउँदै आएका छन् ।


नेपाल इट्टा उद्योग संघका अनुसार हाल देसभर करिब एक हजारको संख्यामा उद्योगहरु सञ्चालनमा छन् । यी उद्योगहरुबाट वार्षिक रुपमा ३ अर्बभन्दा बढी इँट्टा उत्पादन हुन्छ। काठमाडौँको भन्दा तराइको भट्टाबाट उत्पादन हुने इँटाको साइज केही ठुलो हुने गरेकोले आजकाल तराईबाटै इँटा आयात गरेर धेरैले काठमाडौँ वा अन्य स्थानमा घर बनाउने प्रचलन बढेको छ । यद्यपी तराइको इँटाको तुलनामा उपत्यकाका भट्टामा  उत्पादन भएका इँटा गुणस्तरीय हुने उद्योगीहरु बताउँछन् ।

थप तस्बिरहरु

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *