मदिराले मातेर गाडी चलाएका पोखराका व्यवसायीले प्रहरीको हात भाँचिदिए, जरिवाना बुझाएर रिहा

पोखरा । मदिरा सेवन गरी गाडी चलाउँदा प्रहरीको हात भाँचिदिएको आरोपमा पक्राउ परेको पोखराएका एक व्यवसायी जरिवाना तिरेर छुटेका छन् । मदिरा सेवन गरी गाडी चलाएका व्यवसायी सौरभ थापाले ड्युटीमा रहेका प्रहरीको हात भाँचिदिएको आरोपमा प्रहरीले पक्राउ गरेको थियो ।

उनलाई २ हजार ८ सय जरिवाना लिएर रिहा गरिएको छ ।

अभद्र व्यवहार मुद्दामा प्रमुख जिल्ला अधिकारीले थापालाई जरिवाना तिराएर रिहा गरिदिएका हुन् ।

बिहिबार राती ३ बजे पोखराको रामबजारस्थित भारतीय पेन्सन क्याम्पअगाडि उनले गाडीले हानेर ड्युटीमा रहेका प्रहरी हवल्दारको हात भाँचिदिएको आरोप छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *