सहिदको सम्झनामा दीप प्रज्वजल (तस्बिरहरु)

काठमाडौँ । सहिद दिवसको अवसर पारेर नेपाल विद्यार्थी संघ केन्द्रीय कार्य समितिले आज सहिदगेटमा दीप प्रज्वलन गरेको छ।

कार्यक्रममा नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष दुजाङ्ग शेर्पासहित केन्द्रीय पदाधिकारीहरुको उपस्थिति थियो

शहीद गेटमा सहिदहरु शुक्रबार शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गंगाला श्रेष्ठको शालिक रहेको छ । नेपालको प्रथम सहिद लखन थापालाई मानिन्छ ।

यी सहिदले देशमा निरंकुश राणा शासनको अन्त्य गरी प्रजातन्त्र र नागरिक स्वतन्त्रता प्राप्तिका लागि आफ्नो जीवनको बलिदानी दिएका थिए । यी सहिदकै बलिदानीकै जगमा १०४ वर्ष लामो राणा शासनको अन्त्य भएर देशमा २००७ सालमा प्रजातन्त्रको स्थापना भएको थियो । हरेक वर्ष सहिदकाे बलिदानीकाे स्मरण र सम्मान गर्दै माघ १६ गते सहिद दिवस मनाउने गरिएकाे छ ।

तस्बिरहरू 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *