गण्डकीको योजना आयोग उपाध्यक्षमा पुनः शर्मा नियुक्त

पोखरा । गण्डकी प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा पुनः डा. गिरीधारी शर्मा पौडेल नियुक्त भएका छन् । मुख्यमन्त्री खगराज अधिकारीले शर्मालाई नै निरन्तरता दिएका हुन् ।

उनी संघीय संरचनाको पहिलो कार्यकालमा पनि उपाध्यक्ष थिए । तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शर्मालाई पहिलो पटक उपाध्यक्ष बनाएका हुन् । पछि सरकार फेरबदल भएपछि डेढ वर्ष बाहिर रहेका शर्मा पुनः उपाध्यक्षमा नियुक्त भए ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले गण्डकी प्रदेश नीति तथा योजना आयोगको सदस्यमा डा. सुवास अधिकारी र डा. शान्ता खत्रीलाई नियुक्त गर्ने निर्णय गरेको हो । पौडेल र खत्री एमाले कोटाबाट बनेका हुन् भने अधिकारी माओवादी कोटाका हुन् ।

अधिकारी पनि यसअघि आयोगको सदस्य थिए । पौडेल युएनडीपी सहित विभिन्न अन्तर्राष्ट्रिय दातृ संस्थामा लामो समय काम गरेका व्यक्ति हुन् । जलस्रोत र जलसम्पदा क्षेत्रका विज्ञ अधिकारी कृष्णचन्द्र नेपाली पोखरेलको सरकारमा आयोगको सदस्य बनेका हुन् ।

डा. खत्री पोखरा २८, माझठानाकी बासिन्दा हुन् । उनी पृथ्वीनारायण क्याम्पसमा समाजशास्त्र तथा मानवशास्त्रकी उपप्राध्यापक हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 1 =