युवकले पेट्रोल छर्केर आगो लगाउँदा दुई वर्षे छोराको मृत्यु, श्रीमती गम्भीर

काठमाडौँ । बाँकेको कोहलपुर नगरपालिकामा एक युवकले आफ्ना छोरा र पत्नीलाई पेट्रोल खन्याएर आगो लगाएका छन् । कोहलपुर-१ शक्तिनगर बस्ने ३२ वर्षीय भानुभक्त विकले पत्नी गंगा बिक र दुई वर्षका छोरा प्रिन्सलाई पेट्रोल छर्केर आगो लगाएका हुन् ।

बुवाले लगाएको आगोले जलेर प्रिन्सको गए राति नै मृत्यु भएको बाँकेका एसपी सन्तोष सिंह राठौरले जानकारी दिए । आइतबार राति १ बजे उपचारको क्रममा नाबालकको मृत्यु भएको हो । गंगा विकको घाँटी र ढाडमा जलेको छ ।

उनको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचार हुँदैछ । आरोपीलाई भारततर्फ भाग्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ । दिल्ली जाने बस चढेर भागेका भानुभक्तलाई गए राति पक्राउ गरिएको एसपी राठौरले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *