भारतसँगको पहिलो टी-२० क्रिकेटमा न्युजिल्याण्ड विजयी

काठमाडौँ । भारतसँगको पहिलो टी–२० क्रिकेटमा न्युजिल्याण्ड विजयी भएको छ । गए राति भएको खेलमा घरेलु टोली भारतलाई २१ रनले हराउँदै तीन खेलको टी–२० श्रृङ्खलामा न्युजिल्याण्डले १–० को अग्रता बनाएको छ । जितका लागि १७७ रनको लक्ष्य पछ्याएको भारतले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १५५ रन बनायो ।

भारतका वासिन्टन सुन्दरले सर्वाधिक ५० रन बनाए पनि टोलीलाई जिताउन सकेनन् । उनको यो पहिलो टी–२० अर्धशतक हो । सूर्यकुमार यादव ४७ रनमा आउट भए । भारतका अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् । न्युजिल्याण्डका माइकल ब्रेसवेल, मिचेल सान्टनारले समान २-२ विकेट लिए ।

लोकी फर्गुसन, जकोब डफी र इश सोधीले १-१ विकेट लिए । त्यसअघि राँचीमा टस हारेर पहिला ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७६ रन बनाएको थियो । न्युजिल्याण्डका डर्याल मिचेलले अविजित ५९ रन बनाए । उनले २६ बलमा अर्धशतक पूरा गरेका थिए ।

डेभन कन्वे ५२ रनमा आउट भए । भारतका वासिन्टन सुन्दरले २ तथा अर्शदीप सिंह, शिवम माभी र कुलदीप यादवले १/१ विकेट लिए । भारत र न्युजिल्याण्डबीचको दोस्रो खेल आइतवार लखनउमा हुनेछ । यसअघि भएको एकदिवसीय शृङ्खला भारतले जितेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *