मधेसमा वीरेन्द्र ठाकुरलाई मुख्य न्यायाधिवक्ता नियुक्त गर्ने तयारी

६ महिनाअघि राजीनामा दिएका दीपेन्द्र झा वेबसाइटमा अझै मुख्य न्यायाधिवक्ता कायमै !

जनकपुरधाम । मधेस प्रदेश सरकारले मुख्य न्यायधिवक्तामा अधिवक्ता वीरेन्द्र ठाकुरलाई नियुक्त गर्ने तयारी गरेको छ । सिरहा घर भएका ठाकुर हाल वीरगञ्जमा बस्दै आएका छन् । उनी जनता समाजवादी पार्टी (जसपा) निकट हुन् । पार्टी निकट भएकै कारण उनलाई मुख्यमन्त्री सरोजकुमार यादवले नियुक्त गर्ने तयारी गरेको स्रोतले जनाएको छ ।

अघिल्लो सरकारले अधिवक्ता दीपेन्द्र झालाई मुख्य न्यायाधिवक्ता नियुक्त गरेको थियो । झाले गत भदौ १८ मा न्यायाधिवक्ता पदबाट राजीनामा दिएर राजनीतिमा लागे । झालाई जनता समाजवादी पार्टी (जसपा)ले नै मुख्य न्यायधिवक्तामा नियुक्त गरेको थियो । त्यसैले पनि उनी सोही पार्टीको सदस्यता लिएर प्रदेशसभा सदस्यमा चुनाव लडे तर पराजित भए ।

झाले मुख्य न्यायाधिवक्ता पदबाट राजीनामा दिएको ६ महिना बितिसक्दा पनि सरकारी वेबसाइटमा उनको नाम र फोटो अझै मुख्य न्यायाधिवक्ताकै रूपमा राखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *